logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

फेरी गयो भुकम्प, कम्पनको तीव्रता ३.३ म्याग्निच्युड


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

काठमाडौँ- मंगलबार बिहान काठमाडौँका केही भागमा भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो।
काठमाडौँको थापाथली आसपास केन्द्र भएकोले सानो भए पनि भूकम्प महसूस भएको हो।
केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो।

६५ प्रतिशतभन्दा बढी भूकम्पपीडित निजी आवास पुनःनिर्माण

मेलम्ची- भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा ६५ प्रतिशतभन्दा बढी भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् ।

कूल ८७ हजार लाभग्राहीमध्ये ५६ हजार ६७९ ले पुनःनिर्माण सकेर अन्तिम किस्ता भुक्तानी लिएको अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका निमित्त आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले बताउनुभयो । व्यवस्थापक गुप्ताका अनुसार प्राधिकरणले तोकेको म्याद पुससम्म ८७ प्रतिशतले मात्र डिपिसी लेवलको काम सकेर दोस्रो किस्ता भुक्तानी लिएका छन् । दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या ७५ हजार ९६३ रहेको छ ।

त्यस्तै ८४ हजार ९९६ लाभग्राहीले पहिलो किस्तावापत रकम बुझेका छन् । प्राधिकरणको लाभग्राही सूचीमा पर्न २३ हजार ९५४ जनाले गुनासो फारम भरेका थिए । तीमध्ये १० हजार ४४३ को गुनासो फस्र्छौट हुन बाँकी छ । तर, यसको जिम्मेवारी प्राधिकरणले स्थानीय तहलाई दिए पनि कसरी गर्ने भन्ने अन्योल रहेको देखिएको छ । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार