logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गाेंगबुमा प्रहरीले किन चलायो गोली ?


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

काठमाडौं- प्रहरीको गोली लागेर गाेंगबुमा एक जना घाइते भएका छन्।

अभिलाश तामाङ नाम गरेका व्यक्तिलाई हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिकार स्वरुप गोली चलेको भनाइ प्रहरीको छ।

तामाङको खुट्टामा गोली लागेपछि उपचारार्थ शिक्षण अस्पताल लगिएको छ। उनलाई डिएसपी होविन्द्र वोगटीको टोलीले गोली चलाएको बताइएको छ।

प्रहरीले अभिलासको साथबाट गोलीसहितको पेस्तोल बरामद गरेको जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार