logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एका बिहानै प्रहरीको इन्काउण्टर,मोस्टमाण्डेट चौधरीको मृत्यु


  • राजनीति
  • बुधबार, माघ ९ २०७५

सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा प्रहरी इन्काउन्टरमा आज विहान एक जनाको मृत्यु भएको छ । प्रहरीसँग राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टका जानकारी दिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बाताए।

प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भएका छन् । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताए । प्रहरीका अनुसार मृतक चौधरी प्रहरीको मोस्टवान्टेड हुन् ।

चौधरीमाथि २०७२ सालमा असईको हत्या गरेको र हवल्दारलाई घाइते बनाएको आरोप थियो । मोटरसाइकलमा आएका समुहको गोली प्रहारले एक प्रहरी हवल्दार घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार