logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वाईसीएल नेतामाथि प्रहरी ‘इन्काउन्टर’


  • आश तमु
  • बुधबार, माघ ९ २०७५

राजधानी काठमाडौको गोंगबुस्थित हिजो मात्र एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको रहस्य  सार्वजनिक भएको छ ।

मंगलवार प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो  । वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ ।

गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार