logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखाका विभिन्न स्थानमा हिउँ,थुनिएको कालीगण्डकी नदी खुल्यो


  • राजनीति
  • बुधबार, माघ ९ २०७५

गोरखा- सामान्य वर्षासँगै गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ ।बुधबार गोरखाको दुर्गम उत्तरी छेकम्पार, सामागाउँ, ल्हो, विही, प्रोक र लाप्राकको गुप्सीपाखामा हिउँ परेको हो ।

हिउँ परेपछि चिसो बढेको छ । जनजीवन कस्टकर भएको लाप्राकका स्थानीय भविराज गुरुङले बताए ।लाप्राकमा एक फिटभन्दा बढी हिउँ परेको स्थानीयको भनाइ छ ।गोरखाका अरु भागमा भने पानी परेकाले चिसो बढेको जनाइएको छ ।

स्काभेटरले नदीमा थुप्रिएको माटो तथा रुख पन्छाएपछि थुनिएको कालीगण्डकी नदीको खुलेको छ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा बिहान १० बजेदेखि सुख्खा पहिरो खसेपछि कालीगण्डकी थुनिएको थियो ।

अहिले कालीगण्डकीमा पानीको बहाव नियमित अवस्थामा फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउने काम गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार