logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दशगजामा दादागिरी देखाइदै तारबार लगाउँदै भारत, नेपाली भू–भाग डुबान हुने खतरा


  • राजनीति
  • बिहिबार, माघ १० २०७५

महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार नजिकै दशगजाबाट केही पर भारतीय वन विभागले आफ्नो जङ्गल क्षेत्रमा ट्रेन्ज(खाल्डो) खनेर तारबार लगाउने काम सुरु गरेको छ। नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१ देखि करिब २ किलोमिटरको क्षेत्रफलसम्म तारबार लगाउन थालेको हो। अन्नपुर्ण पोष्टमा विष्णुप्रसाद देवकोटाले समाचार लेखेको छ।

चारवर्षअघि भारतको वन विभागले दुधुवा नेशनल पार्क संरक्षण गर्ने भन्दै कञ्चनपुरको पुनर्वासस्थित दशगजा नजिकै आफ्नै भूमिमा ट्रेन्ज खनेर तारबार लगाउने काम गरेको थियो। उक्त कामको नेपाली पक्षबाट चर्को विरोध भयो। विरोध भएपछि भारतले उक्त काम रोक्यो। तर अहिले सोही काम पुनः भारतीय पक्षले पुनर्वासको डोकेबजार क्षेत्र नजिकै सुरु गरेको छ।‘विगत केहि वर्षअघि समेत भारतले यहाँ ट्रेन्ज खन्ने काम सुुरु गरेको थियो’ उनले भने, ‘नेपाली पक्षको विरोधपछि काम रोकेको हो, तर अहिले फेरि दादागिरी शैलीमा काम थालेको छ।’ भारतीय वन विभागले गर्न थालेको कामले नेपाली भूमि वर्षातमा डुबानमा पर्ने खतरा रहेकोपुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्यालले ले बताए।

‘वर्षातमा पानीको बहाव बढेर आउँछ, निकासको बाटो भएन भने वस्ति डुबानमा पर्ने छ’ अर्यालले भने, ‘भारतीय पक्षले गर्न थालेको कामका बारेमा प्रदेश सभा सदस्यदेखि सीडीओ र मेयरसम्मलाई जानकारी गराइएको छ।’ट्रेन्ज खनेर तारबार लगाउने वहानामा अग्लो डिल निर्माण गर्ने र त्यसले वर्षातका समयमा भारततर्फ निकास हुने पानी रोकिन गई नेपाली वस्ति डुब्ने खतरा रहेको स्थानीय बताउँछन्।

केही महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रले गड्डाचौकी नजिकै आफ्नै भू–भागमा नयाँ सडक खोल्न खोज्दा दशगजा नजिकै निर्माण गर्न थालेको भन्दै भारतीय पक्षले अवरोध गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार