राजनीति
पोखरा – गत आइतवार बाग्लुङको बडीगार्ड गाउँपालिका–८ स्थायी घर भइ पोखरा महानगरपालिका–२६ अर्घौ डेरा गरी बस्ने ४२ वर्षीय ‘स्नेहा’ भनिने सरिताकुमारी रानालाई काठमाडौंबाट पक्राउ परेपछी ठगीमा परेका पीडित प्रहरीमा उजुरी दिन थालेका छन् ।
धेरै रकम ठगेर फरार भएकी सरिताकुमारी रानालाई जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौंबाट पक्राउ गरेपछि पीडित प्रहरीमा उजुरी दिन थालेका हुन।
जिल्ला प्रहरी कार्यालय कास्कीमा विभिन्न प्रलोभानमा पारेर रानाले स्थानीयसँग करोडौं रकम ठगेर बेपत्ता भएपछि शुरूमा केही व्यक्तिले उजुरी गरेका थिए । तर ठगीका अभियुक्त रानालाई प्रहरीले पक्राउ गरेपछि ‘स्नेहा’ ठगीको पर्दा खुल्दै गएको छ ।
पोखरा प्रहरीले थप अनुसन्धान अगाडि बढाएपछि आफू पनि ठगिएको भन्दै २ दर्जन पीडितले प्रहरीमा उजुरी दिएका छन् । बिहीवारसम्म सरिताबाट ठगिएको भन्दै करीब २ दर्जनले ६ करोड रुपैयाँ दाबी गर्दै उजुरी गरेको प्रहरीले जनाएको छ ।
सरितालाई आफन्त बताउने पूर्णमाया शेरपुन्जा, कमला थापा र शोभा पुन काठमाडौंबाट उजुरी दिन पुगेका हुन् । सरिताले १ करोड १८ लाख रुपैयाँ ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् । आफूलाई ब्यापारी बताउने काठमाडौंका अर्का एक व्यक्ति समेत सरिताले दिएको बैंक अफ काठमाडौंको १५ लाख रुपैयाँको ‘बाउन्स चेक’ बोकेर प्रहरीमा उजुरी गर्न आएका थिए ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाका अनुसार पीडितको उजुरीका आधारमा सरिताले ठगेको रकम बिहीवारसम्म ५ करोड ७४ लाख १२ हजार ५ सय पुगेको छ । रानाले ठगेको ठूला रकममा घरजग्गा कारोबार र ब्याजमा रकम दिएका व्यक्ति छन् ।लोकन्तरमा नरहरी पौद्यालको समाचार छ।