logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मामा ससुराको छोरासँगको अवैध सम्पर्कबाट जन्मियो बच्चा


  • राजनीति
  • शुक्रबार, माघ ११ २०७५

सिरहा – परालको कुन्यूमा सिरहामा बेवारिसे अवस्थामा भेटिएको बच्चाको परिचय खुलेको छ ।इलाका प्रहरी कार्यालय गोलबजारमा अवैध सम्बन्धबाट जन्मिएको शिशु आफ्नो भएको दावीसहित गोलबजार नगरपालिका ११ बल्कवाकी २८ वर्षिय पिङ्की सदायले उपस्थित भएपछि पहिचान खुलेको हो ।

प्रहरीले अनुसन्धान गर्दा बच्चा उनकै भएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार शिशुलाई आमा पिङ्कीको जिम्मा रहने गरी उनी विरुद्ध मुद्दा चलाइएको छ ।सोमबार बिहान शिशु आँपको बगैँचामा रहेको परालको कुन्युमा तेल लगाएर सुताइएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार पिङ्कीको बयानका आधारमा शिशु पछिल्लो २५ पुसमा जन्मिएका हुन् ।

बेवारिसे अवस्थामा भेटिएका शिशुलाई प्रहरीले उद्धार गरी तत्काल गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरेको थियो । शिशुको अवस्था अहिले सामान्य रहेको छ ।वैदेशिक रोजगारी अन्तर्गत पति पछिल्लो २ वर्ष दुवई गए लगत्तै पिङ्कीकी मामा ससुराका छोरासँग उनको अवैध सम्बन्ध रहेको खुलेको छ ।

सिराको लक्ष्मीपुर पतारी गाउँपालिका धन्छवार घर भएका किशोरी सदायका छोरा जगदिश सदायले दाजु घरमा नरहेको फाइदा उठाउँदै आफूसँग पटक पटक सम्बन्ध राखेपछि शिशु जन्मिएको पिङ्कीले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार