logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हिउँले ढपक्कै ढाकिएको पातारासी हिमाल


  • राजनीति
  • आइतबार, माघ १३ २०७५

जुम्लामा लगातार हिमपात भएपछि यहाँका अग्ला हिमाल पुरै हिउँले ढाकिएको पातारासी हिमालको दृश्य ।

तस्वीर : विजय रावत

सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण

तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा स्थापित सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण गरिएको छ ।

परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले विसं २०६८ मा स्थापित उक्त बैंकमा ती बीउ संरक्षण गरिएको सामुदायिक बीउ बैंक केन्द्रीय समन्वय समिति सदस्य सीताराम बजगाईँले जानकारी दिए ।

भावी पिँढीको सम्भावित खाद्य सुरक्षाका लागि जैविक विविधता संरक्षणमार्फत स्थानीय बाली संरक्षण गर्ने उद्देश्यले उक्त बैंक स्थापना गरिएको उनले बताए । जैविक विविधता र कयौँ असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली लोप हुँदै गएपछि जिल्ला कृषि विकास कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा विसं २०६२ मा जैविक विविधता संरक्षण समिति गठन गरिएको थियो । सोही समितिको सक्रियतामा उक्त ठाउँमा सामुदायिक बीउ बैंक स्थापनाको अवधारणा ल्याइएको हो ।

उक्त बैंकमा अन्नबालीतर्फ धान, मकै, कोदो, जौ, फापर, कोशेबालीतर्फ बोडी, भटमास, गहत, केराउ, मस्याङ, बकुल्ला, रहर, र सिमीको बीउ सङ्कलन गरिएको छ । तेलहन बालीतर्फ तिल, तोरी, आलस, जरेबालीतर्फ पिडालु, तरुल, ओल र लहरे तथा अन्य तरकारी बालीतर्फ फर्सी, घिरौला, लौका, चिचिण्डो, कुभिण्डो, काँक्रो, तिरइ, करेला, भिण्डी, रायो, लुडे र उखुको बीउ सङ्कलन गरिएको छ भने मसला बालीतर्फ खुर्सानी, सुप, सिलाम, भाङ र लसुनलगायत बीउ सङ्कलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार