राजनीति
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई २०७४ साल फागुन २८ गते काठमाडौंमा युएस बंगला एयरलाइन्सको दुर्घटनाको जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ।
दुर्घटनाको मुख्य कारण पाइलटलाई देखाउदै पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित उक्त समितिले प्रतिवेदन मान्त्रीलाई बुझाएको हो।उक्त जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलमा ढाकाबाट काठमाडौंका लागि उडेको अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। पाइलटले सामान्य संयमता अपनाउना नसक्दा ५१ जनाको मृत्यु भएको उक्त दुर्घटना भएको समितिले ठहर गरेको छ।
‘कठिन अवस्थामा स्ट्यान्डर्ड अपरेशन प्रक्रिया अपनाउन नसक्दा दुर्घटना भएको पाइएको छ’ समितिका सदस्यले भने।प्रतिवेदनमा पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छोडेको र तत्कालिन अवस्थामा सावधानी नपअपनाउँदा दुर्घटना भएको औल्याइएको छ।
जहाजको अवस्था नियमअनुसार मर्मतसम्भार भएको र सबै राम्रो अवस्थामा रहेको थियो तर पनि क्रू टिममा गम्भिर समस्या देखिएको छ। प्राप्त भ्वाइस रेकर्डबाट त्यस्तो तथ्य पाइएको समितिले उल्लेख गरेको छ।समितिले पाएको उक्त रेकर्डअनुसार पाइलटले आफू अघिल्लो रात राम्रोसँग नसुतेको बताएका छन्।