logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेल अख्तियारको फन्दामा पर्दै


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

पोखरा- अख्तियारले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई पत्र काट्ने तयारी गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।

हल सञ्चालक तथा चलचित्र निर्मात्री पौडेल बोर्डको अध्यक्ष नियुक्त भएसँगै उनीबारे अख्तियारमा उजुरी परेको थियो । पौडेलबाट तत्कालिन् सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ठूलो आर्थिक लाभ लिएर उनलाई अध्यक्ष बनाएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले पनि यो विषयमा वास्तविकता के हो भनेर ? छानबिन गर्नेगरि बोर्डकी अध्यक्ष पौडेललाई पत्र काट्न लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४।८।२५ गते बोर्डको अध्यक्षमा चलचित्रकर्मी पौडेललाई नियूक्त गरेको थियो । र, २०७४।८।२९ गते पौडेलले पदभार गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार