राजनीति
file pic
मोरङ- टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले सातवटा टिपरमा आगो लगाएका छन्। मोरङको विराटचोक अहिले तनावग्रस्त छ।
सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरले मोरङको सुन्दरहरैचा नगरपालिका–११, सिसौघारीमाठक्कर दिँदा स्थानीय ११ वर्षीया लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासी आक्रोशित हुँदै आगजनीमा उत्रिएका हुन्।स्थानीय बासिन्दाले ठक्कर दिनेसहित अन्य सातवटा टिपर जलाएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन आएका दमकललाई समेत स्थानीवासीले अवरोध गरेका छन्।
स्थानीयबासी आक्रमक रुपमा आगजनीमा उत्रिएपछि अहिले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ सोमबार विहान ११ः१५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो।
ठक्कर दिने टिपरका चालक फरार रहेको र आगलागीबाट टिपरहरू पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। ठूलो संख्यामा प्रहरी परिचालन भए पनि स्थानीयको भीडलाई नियन्त्रण गर्न नसक्दा आगजनी भएको हो।