logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वम दिदीबहिनीको पत्रकार सम्मेलन कता जादैछ निर्मला हत्या प्रकरण


  • न्युज ब्यूरो
  • सोमबार, माघ १४ २०७५

बहुचर्चित निर्मला हत्याकाण्डमा मुछिएका भनिएका बबिता बम र रोशनी बमले मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको बताएकाछन ।

राजधानीमा काठमाडौमा सोमबार दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्नेगरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति खेद जनाएका छन ।

वम दिदिबहिनीले आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिइ आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नुपरेको दिदी बबिता बमले बताएकी छन ।

वमले आफूले निर्मला पन्तलाई एक-दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भए पनि नचिनेको दावीसमेत गर्नुभयो । त्यस घटनालाई लिएर मानव अधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनु परेको बबिताले बताउएकीहुन ।

अर्की बहिनी रोशनी बमले पनि आफूहरुकाे चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पारेकीछन । उनले सो घटनाको सत्यतथ्य बुझिदिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गरेकीहुन ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार