logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एउटा पारसले सतकको ह्याट्रिक ! अर्को पारसलाई हट्याट्याक


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सयरन प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।त्यस निम्ति उनले ९२ बल खेले। अनि १३ चौका र एक छक्का हाने।

उनको प्रदर्शनको भरमा नेपाली टोली २५५ रनको लक्ष्य पछ्याउने क्रममा बलियो स्थितिमा पुगेको छ।गत मार्चमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पाएपछि खेलेको नेदरल्याण्डस् विरुद्धको पहिलो एकदिवसीय श्रृङखलामा अर्धशतक प्रहार गरेका थिए।

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले एक पछि अर्को गर्दै १३ चौका प्रहार गरेका थिएयसअघि पहिलो इनिङमा उनले बलिङको क्रममा २ विकेट लिएका थिए।

त्यसै गरी पूर्व युवराज पारस शाहलाई हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालले जनाए अनुसार उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ। स्रोतका अनुसार उनलाई मेजर हार्टअट्याक भएको हो। उनलाई आइसियुमा राखेर उपचार गरिँदै छ।

उनको स्वास्थ्य अवस्थाबारे अहिलेनै केही भन्ने स्थिति नरहेको अस्पतालले जनाएको छ। केही वर्षअगाडि पनि उनलाई हृदयघात भएर नर्भिक अस्पतालमै उपचार गरिएको थियो।

आजै मात्र उनले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले मन्दिर परिसरमा करिब डेढ घण्टा बिताएका थिए।

श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार