logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रहरी प्रधान कार्यालयले तीनजना एसपीको किन गर्यो काज सरुवा ? हेर्नुस


  • राजनीति
  • बुधबार, माघ १६ २०७५

काठमाडौँ- न्यूनतम समय नपुग्दै तीन जिल्लाका प्रमुखको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। धादिङ, जनकपुर र सिन्धुलीका प्रहरी प्रमुख परिवर्तन गरिएको हो।

धनुषामा कार्यरत गोविन्द थपलियालाई ललितपुर परिसर, धादिङमा कार्यरत डम्बर विकलाई महानगरीय प्रहरी शिक्षालय र सिन्धुलीमा कार्यरत रामेश्वर यादबलाई जगेडा पुलमा तानिएको छ।धनुषामा शेखर खनाल, सिन्धुलीमा चक्रबहादुर सिंह र धादिङमा राजकुमार बैदवारलाई पठाइएको हो।

जिल्ला प्रमुख भएका तीनै जना एसपीको काज सरुवा भएको हो। कम्तिमा एक वर्ष पुरा नभई सरुवा गर्न नपाईने जिल्ला प्रमुखको हकमा ब्यवस्था भएपनि कार्यसम्पादन क्षमता, अनुसासन लगायत विभिन्न कारण देखाएर तान्ने गरिएको छ।

तानिएका तीनै जना एसपी ती जिल्लामा प्रमुख भएर गएको एक वर्ष पुरा भएको थिएन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार