राजनीति
बाजुरा जिल्ला प्रहरी कार्यालयमा शनिबार बिहान आगलागी भएको छ।शनिबार बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ।
आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ। उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।
इलेक्ट्रीक मोटरसाइकलमा एक्कासी आगलागी भएपछि
अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको छ । बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित अटोमोबाइल्स कम्पनीले पेट्रोलियम पदार्थको विकल्पको रुपमा इलेक्ट्रीक प्रविधिको प्रयोगमा जोड दिएका हुन् । आकर्षण बढेसँगै इलेक्ट्रीक सवारीसाधन कतिको सुरक्षित छ भन्ने पुष्टी हुनसकेको छैन ।
चीनको सडकमा गुड्दै गरेको एक इलेक्ट्रीक मोटरसाइकलमा एक्कासी आगलागी भएपछि ईभी–मोडलमाथिको सुरक्षामा आशङ्का उब्जिएको छ । एक्कासी आगलागी सुरु भएको दश सेकेन्डमै जलेर खरानी भएको मोटरसाइकलको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ