logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गुण्डा नाइके राजु गोर्खाली नयाँ वानेश्वरबाट पक्राउ


  • राजनीति
  • आइतबार, माघ २० २०७५

काठमाडौँ- गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको छ । आइतबार राजधानीको नयाँ वानेश्वरबाट अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट लगायतको कार्यमा संलग्न गोर्खालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँको सुन्धारास्थित कर्मचारी सञ्चय कोषको भवन काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गोर्खालीले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । केही वर्षअघिदेखी उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । तर, पछिल्लो समय उनलाई सो कामबाट हटाए पनि व्यापारीलाई धम्क्याउन नछोडेपछि उनीविरुद्ध निवेदन परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार