राजनीति
फेसबुकमा एउटा फोटो भाइरल बनेको छ । चिकित्सक गोविन्द केसीको अनसनका नाममा भएको अस्पतालको हड्तालका कारण विराटनगरमा एक अबोध बालकले ज्यान गुमाएको भन्दै केसीको समर्थन गर्दै नेपाल चिकित्सक संघले गरेको बन्दले कोशी अञ्चल अस्पताल बन्द हुदा बालकले ज्यान गुमाएका हुन् ।
मोरङ जिल्ला लेटाङ न पा ३ बस्ने दुर्गा लम्सालको ११ महिनाको छोरा कास्मिर लम्सालको केसीको नाममा भएको अस्पतालको हडतालले ज्यान गाएको हो ।
उनका आफन्ताका अनुसार बालकलाई बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । तर, ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा एउटा अबोध बालकले ज्यान गुमाएका हो । निमोनिया देखिएको बालकलाई उपचारका लागि अस्पताल लगेपनि उनले सामान्य उपचारसमेत नपाउँदा ज्यान गएको परिवारले जनाएको छ ।