राजनीति
काठमाडाैं– चलचित्र विकास बाेर्डकी अध्यक्ष निकिता पाैडेलसँग सन्चार मन्त्रालयले लिखित स्पष्टिकरण माग गरेकाे छ । मन्त्रालयमा चाैमासिक समीक्षा बैठकमा बाेलाउँदा अनुपस्थित भएपछि उनीसँग स्पष्टिकरण माग गरिएकाे हाे ।
आइतबार राखिएकाे बैठकमा अन्य सबै संस्थान, बाेर्डका प्रमुख सहभागि थिए । तर, निकिता त्याे कार्यक्रममा आइनन् ।
याे बैठकमा अनुपस्थित भएपछि सन्चार तथा सूचना मन्त्री गाेकुल बास्काेटाले नै चासाे दिएर निकितसँग स्पष्टिकरण माग गर्न निर्देशन दिएका थिए । मन्त्रालयले मन्त्रीको निर्देशनअनुसार नै उनीसँग स्पष्टिकरण साेध्ने तयारी गरेकाे हाे ।