logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठमाडौं मा यसरी मनाइदैछ ल्होछार


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

ल्होछारको अवसरमा आज काठमाडौंकोबिहान ११ बजे शान्तिबाटिका रत्नपार्कबाट निकालिने झाँकीसहितको र्याली दिउँसो १ बजे टुँडिखेलमा पुगेर ल्होछार टुँडिखेलमा विशेष समारोह परिणत हुनेछ ।

नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदै अाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार