logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस कार्यकर्ता माथि साँझ खुकुरी प्रहार


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

काठमाडौं धनुषाको सबैला नगरपालिका १०, खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका हुन् ।

नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि ८र१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ।

कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन्। कापरको अवस्था गम्भीर रहेको छ।

पेस्तोल र सात राउण्ड गोलीसहित तीन जना पक्राउ

धादिङ –  पेस्तोल र सात राउण्ड गोलीसहित उत्तरी धादिङको गंगा–जमुना गाउँपालिका–५ बाट तीन जना पक्राउ परेका छन् । सोमबार मण्डली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्काका भरमा उनीहरुमाथि चेकजाँच गरेको थियो ।

सोही क्रममा उनीहरुको साथबाट चाइनिज पेस्तोल र सात राउण्ड गोली भेट्टिएको हो । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएर थप अनुसन्धान गरी कारवाही गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार