राजनीति
रुकुमपूर्व- रुकुमपूर्वमा एक साँढे ३ वर्षीया बालिका ३१ वर्षीय पुरुष बाट बलात्कृत भएकी छिन् । प्रहरीले सोही अभियोगमा सिस्ने गाउँपालिका-५ का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ गरेको छ ।
स्थानीयले सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्नेक्रममा गौतमलाई आपत्तिजनक अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाब गर्न भन्दै हिँडेका थिए । गौतम गएको ठाउँतिरै बालिका रोएको सुनेपछि हेर्न जाँदा उनलाई आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । अभियुक्त गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।