logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तनहुँ शुक्लागण्डकीका वडाध्यक्ष बलात्कारको आरोपमा पुर्पक्षमा थुना परे


  • राजनीति
  • बिहिबार, माघ २४ २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा परेका छन्।

जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार