logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कार्यक्रममा बोल्दा बोल्दै निर्वाचित गाउँपालिका अध्यक्षको निधन


  • राजनीति
  • आइतबार, माघ २७ २०७५

पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य राखिसक्न नपाउँदै अध्यक्षको ज्यान गएको छ। नेपाली काँग्रेसबाट अध्यक्षमा निर्वाचित अमरकुमार नेम्बाङको मन्तव्य राख्दा राख्दै ज्यान् गएको हो।

गाउँपालिकाको तर्फबाट वडा नम्वर ५ गुर्वसे पञ्चमीमा आयोजित जनप्रतिनिधीको लागि क्षमता अभिवृद्धीको तालिममा प्रमुख अतिथिको मन्तव्य राखेर आफ्नो सीटमा पनि बस्न नपाउँदै अचेत भएर ढलेका नेम्बाङको होस नआइ ज्यान गएको हो।

मधुमेह र रक्तचापका विरामी रहेका नेम्बाङलाई तत्काल गाउँपालिकाको गाडीमा इलाम अस्पताल पुर्‍याइएको थियो। इलाम अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरुले उनलाई मृत घोषित गरेको थियो।

२०४९ र २०५३ सालमा पनि पौवा सारतापका गाविस अध्यक्ष रहेका थिए। ७८ बर्षिय नेम्बाङ जिल्लाअकै शिक्षित नेता थिए। उनले दुई विषयमा एमए सम्मको अध्ययन सकाएका थिए।जिल्लामा बौद्धिक र इमान्दार व्यक्तित्वको रुपमा उनको परिचय थियो। जिल्लामा नेपाली कांग्रेसका सम्मानित नेताको छवी थियो नेम्बाङको ।नेम्बाङको निधनले नेपाली कांग्रेस पाचथरले मात्र नभइ पूर्वी भेगले नै एक असल प्रभावशाली नेता गुमाएको छ। उनको निधन नेपाली काग्रेसका लागि ठूलो क्षती भएको पार्टीका स्थानिय नेता कार्यकर्ता बताउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार