logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

एक महीनाको अवधिमा तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा पुसयता दुई चितुवा मृत फेला परेका हुन् । भानु नगरपालिका–५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालीम केन्द्रमा पठाइने उनले बताए। यसअघि पुस २९ गते भानु नगरपालिका–२ मा भाले चितुवा मृत फेला परेको थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार