logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पाँच डीएसपी काज सरुवा:बैदाममा नयाँ प्रमुख शाह ,कार्की रौतहटमा


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

काठमाडौं -प्रहरी प्रधान कार्यालय, नक्सालले पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

कार्यालयका अनुसार कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नविन कार्कीलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा पठाइएको छ ।

यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो ।

त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार