logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अख्तियारको नियन्त्रणबाट घुुस सहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक भागे


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

महोत्तरी -अख्तियारको नियन्त्रणबाट घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक भागेका छन् ।

औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई मंगलवार दिउँसो अख्तियारको टोलीले नवदुर्गा सःमिलबाट पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् । उनी टोलीलाई छलेर भागेको बताइएको छ ।

महोत्तरीका जिल्ला प्रहरीका अनुसार अहिले उनको खोजी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार