राजनीति
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका बुहारीको निधन भएको छ ।क्यान्सर पिडित बुहारी मनिषा यादवको आज भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको पनि शत्रु भएको बताएका छन् ।सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताए । उनले भने, ‘अख्तियारले थाहा
पाउला भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी हुन्छ, कहिल्यै सुविस्ता हुँदैन ।’भ्रष्टचारी पापको भागिदार हुने र प्रतिफल पनि अर्काले खाने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सवै मिलेर निर्मुल पार्नुपर्नेमा जोड दिए ।जनताले स्थायित्वको लागि दुई तिहाईको बहुमत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अब अहिले विकास नभए कहिले हुन्छ ?’‘अव हाम्रो ध्यान सुशासन र विकासमा गएको छ’ उनले थपे, ‘सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ ।’
आगामी दिनमा समय तोकेर गरीबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘अब ५–१० बर्षपछि नेपाल कमजोर गरिब छ भन्नेकुरा स्वीकार हुँदैन, र्साजमा मझौला भएपनि मजवुद देशको परिचय हामीले दिनुपर्छ ।’