आश तमु,पोखरा-पोखराको पृथ्वीचोकमा प्रथम शहीद लखन थापाको शालिक रातारात ठड्याइएको छ। थापाको अर्धकदको शालिक हटाएर पूर्णकदको शालिक मंगलबार राति मगर समुदायले राखेका हुन्। स्थानीयका अनुसार राति साढे ८ बजे शालिकलाई पिक अप भ्यानमा ल्याई क्रेनको सहयोगमा ठड्याइएको थियो। तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन वाइसिएलले जनयुद्धताका पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिकतोडफोड गरेको थिए। लखन थापालाई नेपालका प्रथम शहीदको रुपमा सरकारले मान्यता दिइसकेको छ। गोरखाको बुंकोटस्थित काउलेभंगारका थापाले तत्कालीन राणाशासनविरुद्ध आवाज उठाउँदा शहादत प्राप्त गरेका थिए। उनको स्मृति दिवसको अवसर पारेर मंगलबार राति पृथ्वीचोकमा पूर्णकदको शालिक राखिएको बताइएको छ।
तर यस वारे स्थानिय प्रशाशन भने वेखवर छ।
पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै आइल्याण्डमा रहेका शालिकहरुलाई पार्कमा लगेर सुरक्षित राख्ने अभियान चलाएका थिय तर व्यवस्थित गर्ने योजना रहे पनि कार्यान्वयन भएको छैन। केही समय अगाडी आयलाण्ड घटाउने क्रममा लखन थापाको पुर्ण कदको शालिक हटाएर अर्धकदको शालिक राखिएको थियो। तर मगर समुदायले यसको बिरोध गरिदै आईरहेको थियो।केही समय अघि मात्र हिन्दुवादी संङगठन ब्राम्हण तथा क्षेत्री समाज लगाएतका सस्थाले लखन थापाको शालिक हटाएर पृथ्वीनारायण शाहकै पुर्णकदको शालिक राख्नु पर्ने माग गर्दै जिल्ला प्रशाशन लगाएतमा माग गरेका थिय।



