राजनीति
पोखरा- स्विट्जरल्यान्डबाट छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा लायेको सुपर कम्प्युटर उपयोगविहीन बनेको छ । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर आउन त आयो तर काम नपाएर यो यतिकै थन्किएको छ।
काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको बताए । हामीसँग यति ठूला डाटा उपलब्ध छैनन् शाक्यले भने यसलाई कसरी चलाउने भन्ने समस्या छ ।
स्विट्जरल्याण्डको जेनेभामा रहको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्सले यो कम्प्युटर नेपाललाई उपहारका रुपमा प्रदान गरेको हो ।
यो उच्च क्षमताको कम्प्युटर खासगरी ठूल्ठूला रिसर्च, मौसम विभाग, बैंक, सिभिल र जियोम्याट्रिक विभाग, भूकम्प पूर्वानुमानलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।