logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रहरी र अनुसन्धानका २ आइजिपी भारत प्रस्थान,आखिर किन?


  • राजनीति
  • बुधबार, फाल्गुन १ २०७५

काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

फागुन १ र २ गते सञ्चालन हुने १९ औँ सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेटका विषयमा हुने सेमिनारमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्। उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीसमेत त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतसँग अन्तरक्रिया हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको कार्यालयले जनाएको छ ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार