राजनीति
स्याङ्जा-लु ३ त ६७१२ नम्बरको ट्याक्टर स्याङजाको गल्याङ नगरपालिका ११ स्थीत धरादीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गुल्मी जिल्ला सत्यवती गाउँपालिका—२, बस्ने ३६ बर्षीय बाबुराम परीयारको सिद्धार्थ राजमार्ग बाट करिब ८ सय मिटर तल धरादी खोलामा ट्याक्टर खस्दा घटानास्थलमा मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचार्यले जानकारी दिए ।
चालक र सहचालक दाजुभाई भएको र उनीहरुबिच भनाभन् भई चालकले तनाबमा ट्याक्टर चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान गरेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।