logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अब मोवाइलबाटै यसरी थाहा पाउनुहोस तपाइको लाइसेन्स प्रिन्ट भयो कि भएन?


  • राजनीति
  • बुधबार, फाल्गुन १ २०७५

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात यातायात व्यवस्था विभागले गरेको छ।

स्पेरो एसएमएस प्रा। लि। र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन व्ट् लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर WT ‹space› Applicant ID ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।

एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जानकारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ।
त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि ल्क् टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी LC ‹space› Applicant ID ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।

उक्त प्रणालीको सुरुवात गर्दै महानिर्देशक ढकालले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र स्मार्ट ड्राइभिङ लाईसेन्स कुरेर बसेका सेवाग्राहीलाई सूचना प्राप्त गर्न सहज हुने दावी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार