logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दिउसै ट्याक्सी चालकले एक लाख लुटेर फरार


  • राजनीति
  • बिहिबार, फाल्गुन २ २०७५

काठमाडौँ -त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि बुधबारदिउँसो लुटपाट गर्दै एक लाख रुपैयाँ लुटेर एकजना ट्याक्सी चालक ले गरेका छन् ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ का ५६ वर्षीय रामराजा कार्कीलाई ती ट्याक्सी चालकले लुटेका हुन।

प्रहरीका अनुसार गोल्डेन गेट नजिकै सडकमा बा।१ ज ९०७१ नम्बरको ट्याक्सीका नाम थर नखुलेका चालकले कार्कीबाट बुधबार दिउँसो एक लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

त्यही ट्याक्सीले ठक्कर दिएर बायाँ खुट्टामा चोट लागेपछि सडकमा लडेका कार्कीको साथमा रहेको नगद ती ट्याक्सी चालकले लुटेर फरार भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार