logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराका जलश्रोत विज्ञ पिएन क्याम्पसका सहप्राध्यापक चिन्तन ३ करोड ठगी आरोपमा पक्राउ


  • राजनीति
  • बिहिबार, फाल्गुन २ २०७५

पोखरा-पोखरामा जलश्रोत विज्ञका रुपमा चिनिने पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा। गोपाल शिवाकोटी (चिन्तन) ठगी आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै चिन्तनलाई पक्राउ गरिएको जनाएको छ।

कीर्तिपुर बस्दै आएका चिन्तनलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन्। थापा बाँनियाटारबाट पक्राउ परेका हुन् ।सहप्राध्यापक शिवाकोटीलगायतले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको बुझिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले उनीहरु मिलेर ६६ जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको बताएका छन् । शिवाकोटीको समूहले मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । उनले कानुनमै अमेरिकाबाट एल।एल।एम र पिएचडी समेत गरेका हुन् । अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञका रुपमा उनलाई चिनिन्छ । पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार