logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद्


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

काठमाडौँ–आइतबार रिपोेर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर हिन्दु परिषद् नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ ।कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले जबरजस्ती धर्म परिवर्तन गराउन नपाईने भन्दै यस्तो घोषणा गरेको हो ।

उनले ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दु राष्ट्र नै कायम गनुपर्ने बताए ।उनले भने, ‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजावादीसँग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’

कार्यक्रममा परिषद्का महासचिव अनिरुद्धप्रसाद सिंह, सचिवालय सदस्य भरत सरार्फ, हिन्दु महिला परिषद्को केन्द्रीय अध्यक्ष सुनिता रौनियार, हिन्दु महिला परिषद्को केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरला कार्की, हिन्दु महिला परिषद्की उपाध्यक्ष साधना यादव र युवा परिषद्का नगर अध्यक्ष रञ्जित चौरसिया लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार