logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

त्रिविको अनुगमन टोली गण्डकी मेडिकल कलेजमाथि छानबिन गर्न पोखरामा अब होल के?


  • राजनीति
  • बुधबार, फाल्गुन ८ २०७५

तस्विर लोकान्तरवाट तस्विर लोकान्तरवाट

पोखरा – त्रिभुवन विश्वविद्यालयको अनुगमन टोली पोखरा आएको छ । गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विगत २१ दिनदेखि आन्दोलनरत विद्यार्थीका मागका सम्बन्धमा यर्थाथ बुझ्न टोली पोखरा आएको हो।

गण्डकी मेडिकल कलेजले लिँदै आएको शुल्कका सम्बन्धमा यथार्थ बुझ्न आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनसँग छलफल गर्ने भन्दै अनुगमन निर्देशनालय त्रिभुवन विश्वविद्यालयका डा।पुष्करसिंह घाइखोला, डा। ओम बराल र बाबुराम दाहालको टोली पोखरा आएको हो।

टोलीले मंगलबार नै आन्दोलनरत विद्यार्थी पक्षसँग एक चरण अनौपचारिक छलफल गरिसकेको छ। छलफलमा विद्यार्थीले कलेजले बिना शीर्षकमा सादा कागजमा हस्ताक्षर गरेर वार्षिक प्रति विद्यार्थीबाट ७५ हजारदेखि माथि १ लाख ५० हजारसम्म रकम लिँदै आएको गुनासो गरेका छन् । अनुगमन टोलीले बुधबार विद्यार्थीलाई प्रमाण सहित छलफलमा पेश हुन समय दिएको छ ।

कलेजले लिँदै आएको बढी शुल्क फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थी विगत ११ दिनदेखि कलेजको पृथ्वीचोकस्थित शिक्षण अस्पताल प्राङ्गणमा रिलेअनसन जारी राखेका छन् । त्यस्तै, अस्पतालको ओपिडी सेवमा समेत तालाबन्दी हुँदा उपचार सेवा प्रभावित भएको छ ।

एमबिबिएस तेस्रो ब्याचको अन्तिम परीक्षा आउँदो फागुन १२ गतेभएपनि सो ब्याचका ८३ जना विद्यार्थी परीक्षा फर्म भरेका छैनन् । दोब्बर दस्तुर सहित आइओएमले विद्यार्थीलाई परीक्षा फर्म भर्ने समय फागुन ९ गते बिहीबारसम्म दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार