राजनीति
कास्की-सांसद अधीकारीद्ारा थाक हिल पर्यटन मार्गको उद्घघाटन । कास्कीको पर्टकिय स्थल थाक हिल अन्तर्गत सिल्दु महिपोलो सडक मार्गको हिजो उद्घाटन भएको छ।
कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा पुर्ब मन्त्री माननीय खगराज अधिकारीले एक समारोहका विच केही हप्ता अगाडी निर्माण सम्पन्नन भएको करिब ३ कि मि पर्यटकिय सडकको रिबन काटेर उद्घघाटन गरेका हुन् ।सो अबसरमा सांसद अधीकारीले यस क्षेत्र पर्यटनको राजधानी भएता पनि प्रचार प्रसार नहुनाले अहिले सम्म पछि परेको बताउदै थाक हिलको यस पर्यटकिय सडक र थाक ताराहिल सिक्लेस पदमार्ग तथा थाक होम स्टे ले पर्यटनको अोईरो लाग्ने वताए ।
विशेष अतिथि गण्डकी प्रदेशका सांसद माननीय मन बहादुर गुरुङले थाक सिक्लेस को ढोका भएको बताउदै प्रकृती र संस्कृतीले नेपाल संसारकै नमुना मुलुक रहेको वताए । मादि गाउपालिका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम ) ले गाउपालिका ले पर्यटन ,कृषी र जल स्रोतलाई सहि ढंगले परिचालन गरि मादीको जनताको समृदी गर्न गाउपालिका लागि परेको वताउदै ।पर्यटनको गुरु योजना र डि पि अार तयार भएको साथै यस घडेरी डांडा बाट पोखराको फेवाताल , लगायत सम्पुर्ण मादि गाउपालिका सहित कोरी , क्होला सोथर , हिमाल हरु नजिक बाट सिधै होरिजेन्टल लाईनमा पर्ने भएकोले यस क्षेत्रको पर्यटनले यहाको जनताको अार्थिक उन्नती हुने बताए ।
क्रममा मादि ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङ ,टान का पयर्टन पदमार्ग संयोजक बिकास गुरुङ, जनकल्याण समाज थाकका अध्यक्ष ईन्द्र बहादुर गुरुङ,थाक अामा समुहका अध्यक्ष उर्काशी गुरुङ, काउखोला दुधपोखरी यातयात समितिका सचिब बेल बहादुर बिश्वकर्मा ,नेकपाका युबा नेता दुर्गा बहादुर गुरुङ ,थाक हिल पर्यटन बिकास समितीका बिदेश बिभाग प्रमुख कमला गुरुङ , ईन्जिनियर देउकाजी गुरुङ लगायत गाउबासीको उपस्थिती रहेको उक्त कार्यक्रम सडक मार्गका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा र थाक हिल पर्यटन बिकास समितिका अध्यक्ष बालकृष्ण गुरुङको सन्चालनमा सम्पन्न भएको थियो ।
सोही अबसरमा अतिथीहरुले घडेरी डांडा, मैपोलो मन्दिर , पुन निर्माण हुँदै गरेको पोखरी , सिल्दु , देउराली लगायत त्यस क्षेत्रका पर्यटकिय गन्तव्यहरुको स्थलगत अबलोकन समेत गरेका छन्। मैपोलो मन्दिरको पुरानो स्बरुप नबिगारने गरि नयां मन्दिर निर्माण गर्ने , भाैतिक पुर्बधार हरु पानी टंकी ,ट्वाईलेट ,किचन ,टवर निर्माण गर्ने योजना रहेको र हाल थाक चाै लु रो कोने परिवार को र चेलिवेटि बाट पुन निर्माण गरि रहेको पोखरीको यहि अाउदो चैत्रको पहिलो मंगलबार उद्घाटन हुने समिति ले जनाएको छ। युके मा रहेको थाक माैलाबासीबाट यु के समाजका समितीका अध्यक्ष बिष्णु गुरुङको पहलमा गेट ,बस पार्कीङ लगायत निर्माण गर्नका लागि सहयोग जुट्दै गरेको वडा अध्यक्ष लाल बहादुर गुरुङले बाएका छन् ।
अन्य भाैतिक पुर्बधार र सडक निर्माण को खर्च पुर्ती गर्न अर्थ सकल भईरहेको समितीका बिदेश बिभाग प्रमुख कमला गुरुङ ले बाताईन । हरेक चैत्रको पहो मंगलबार महिपोलो दर्शन गर्न दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ। यस क्षेत्र अन्तर्गत तारा हिल, पोर्मी , सैनिडांड,सोझा कुना ,सिल्दु , देउराली , पानीघाट को युम्दु र नागढुङगा , मुसरबारी गुफा , नाैलेडांडाको झाक्री थान , छाचोक को फुल च्हो , अोख्लाङ डाडा, बिराल डांडा , गुतेश्वर गुफा लगायत पर्यटकिय स्थलहरु छन् । थाक हिल पिक्निक स्थल पदमार्ग र गाडी दुबै बाट छुटा छुटै रुट बाट जान सकिने रहि चेत्र को पहिलो मगलबारबाट सुचारु गर्ने योजना रहेको थाक हिल पर्यटन बिकास समितीका अध्यक्ष बालकृष्ण गुरुङले बताउनु भयो । उनले एकै दिन २० समूह सम्म धान्न सक्ने गरि भाैतिक पुर्बधार निर्माण हुँदै गरेको र अहिलेबाटै पिक्निकको लागि बुकिङ सुरुभएको बताए । थाक हिल जान पोखरा बाट मात्र १ घण्टामा नै गाडिबाट सहजै पुुग्न सकिन्छ ।