राजनीति
पोखरा- अतिविशिष्ट र विशिष्ट पदाधिकारीको सुरक्षासम्बन्धी निर्देशिका २०७० ले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतको राजकीय, औपचारिक, अनौपचारिक भ्रमणका आधारमा सवारी प्रबन्धको व्यवस्था गरेको छ । सोहीअनुसार सेना, सशस्त्र र नेपाल प्रहरी मिलेर सवारी व्यवस्थापन गर्दछन् । निर्देशिकाअनुसार राष्ट्रपतिको सुरक्षा र सवारी दुवैको नेतृत्व नेपाली सेनाले गर्दै आइरहेको छ । निर्देशिकाअनुसार राष्ट्रपतिको राजकीय भ्रमणमा एक घन्टाअगाडि भ्रमण रुटमा पर्ने सडक दुईतर्फी खाली गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण सर्वसाधारणले दुःख पाउने गरेका छन् । अतिविशिष्ट र विशिष्टको सवारीले हैरानी दिएपछि बढेको आलोचना कम गर्न ट्राफिक निर्देशनालयले तीन वर्षअगाडि वैकल्पिक प्रावधान प्रस्ताव गरे पनि निर्देशिका संशोधन भएको छैन ।
यो भिडियो बुधवारको हो जव राष्ट्रपति बिध्या देवी भन्डारीको सवारी हुने तरखर थियो तव स्वै चौत्र्फी सडक रोके पछी स्थानीयले यस्को बिरोध गरै सडकमा उत्रेका थिय।