logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखामा पनि एनसेल टावरमा आगजनी, एक करोड क्षतिको दाबी


  • राजनीति
  • शनिबार, फाल्गुन ११ २०७५

गोरखा- शुक्रबार राती  गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ।  आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।

आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ। जिल्ल प्रहरी कार्यलय गोरखाका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाका एस् पि भोला रावलले बताएका छन्।

आगजनीको जिम्मा कसैले नलिए पनि विप्लव समूहले आगजनी गरेको आश‌ंका प्रहरीले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार