राजनीति
नेपाली कम्युनिस्ट आन्दोलनका एक दृढ नेता तथा नेपालको कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका वरिष्ठ सल्लाहकार तथा वरिष्ठ वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ बर्षको उमेरमा निधन भएको हो ।
रोगले च्यापे पछि नर्भिक अस्पतालमा भर्ना भएका उनको आज निधन भएको हो । उनलाई १३ दिन नर्भिकमा उपचार गराउँदा पनि स्वास्थ्यमा धेरै सुधार हुन सकेको थिएन । उनका एक छोरा र तिन छोरी छन ।
माओवादी शान्तिप्रक्रियामा आएपछि माओवादीसंग पार्टी एकता गरेका थिए । माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीमा थिए ।
सुप्रसिद्ध माक्र्सवादी चिन्तक तथा लेखक कृष्णदास श्रेष्ठको निधन भएको छ । उनका अनुवादहरु पढेका कम्युनिस्टहरु कोहि सत्ता छन कोही सडकमा । चर्चित माक्र्सवादी चिन्तक कृष्णदास श्रेष्ठले नेपाली भाषामा कम्युनिस्ट बिचारधारा फैलाउन निकै महत्त्वपूर्ण योगदान दिएका छन । उनि कम्युनिस्टहरुका एक आदरणीय ब्याक्तित्व रुपमा स्थापित थिए ।