logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

लमजुङको राइनासमा नगरबस दुर्घटना हुदा १२ जना घाइते


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

लमजुङको राइनास नगरपालिकामा नगरबस दुर्घटना हुदा १२ जना घाइते भएका छन्।मिलिकुवा अस्थायी प्रहरी विटले राइनास–१ पन्थेडाँडाबाट धमिलिकुवा जाँदै गरेको ध१ख २१३ नम्बरको उक्त नगर बस राइनास–६ दुर्घटना भएको हो। घुम्तीमा मोडिने क्रममा उक्त बस सडकमा पल्टिएको ध जनाएको छ।

दुर्घटनामा घाइते भएका १० जनालाई सुन्दरबजारमा रहेको कर्मदा अस्पतालमा उपचार गरी घर पठाईएको छ भने गम्भीर घाइते राइनास–६ धमिलिकुवाकी ८० वर्षीया चीनकुमारी नेपालीलाई थप उपचारका लागि चितवनको सिएमसी अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरीले बताएका छन। त्यस्तै अर्की घाइते २३ वर्षीया सुनिता नेपालीको कर्मदा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

१७ यात्रु सवार उक्त नगरबस के कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भइएरहेको उपरीक्षक ढकालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार