राजनीति
अनुशासित प्रहरी संगठनभित्र रहेर मुद्दा मामिलामा होमिएका डीआइजी सिलवाल प्रहरी संगठनमै हुँदा पनि सिपाहीभन्दा बढी राजनीतिज्ञ जसरी प्रस्तुत भएका थिए । उनले सरकारलाई चुनौती दिए । त्यसपछि आइजीपी नियुक्तिजस्तो कार्यपालिकाको अधिकारलाई सर्वोच्च अदालतसम्म पुर्याए ।
मुद्दा हारेलगत्तै नवराज सिलवालले दिए राजिनामा
र, अहिले अदालतले आफ्नो विपक्षमा निर्णय सुनाइसकेपछि सिलवालले जारी गरेको लामो विज्ञप्तिमा पनि उनले सत्यको पराज भएकोजस्तो देखिए पनि एक दिन जित हुने भन्दै सर्वोच्च अदालतको निर्णयप्रति घुमाउरो पारामा असहमति प्रकट गरेका छन् ।
उनले आफूमाथि अन्याय भए पनि संयमित भएको बताएका छन् । र, अदालतले उनलाई गलत ठहर्याए पनि उनले आफू सही रहेको तर्क गर्ने प्रयास गरेका छन् । आफ्नो लामो वक्तव्यमा उनले अदालतको निर्णयलाई आत्मसात गर्ने कतै उल्लेख गरेका छैनन् । आफू महानिरीक्षक बन्न नसके पनि आफ्नो जीत भएको सिलवालले जवरजस्त तर्क गरेका छन् ।
प्रहरी संगठनमा हुँदा पनि सिलवाल विवादबाट पूर्ण मुक्त प्रहरी अधिकारी भने होइनन् । उनले श्रीमतीमार्फत मिटर ब्याजमा पैसा लगाउने गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।
डीआइजीबाट राजीनामा दिएका सिलवालले के गर्लान् ? कतिपयले उनी अब राजनीतिमा जान सक्ने अनुमान गरेका छन् । सिलवालले चाहिँ भोलि जुनसुकै भूमिकामा रहे पनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सहयोगी भूमिकामा रहने बताएका छन् ।
उनले भनेका छन्- म अन्यायमा परेका तमाम नागरिकको एउटा सशक्त आवाज बन्ने कोशिस गर्नेछु ।’