logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

टुँडिखेलमा अन्तिम बिदाईको तयारी ! शव राख्ने स्थानमा राखिए अल्बिदा रबिन्द्र दाई


  • राजनीति
  • बिहिबार, फाल्गुन १६ २०७५

आश तमु पोखरा- – ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएलगत्तै ७ जनाको शव टुँडिखेलमा ल्याउने तयारी भैरहेको छ ।मन्त्री अधिकारीलाई अन्तिम श्रद्रान्जली दिन तयारी पारिएको शव राख्ने ठाउँमा फुलमालाले सजाएको छ। मन्त्री अधिकारीको शव राख्ने स्थानमा मन्त्रीको ठुलो तस्बिरमा अल्बिदा रबिन्द्र दाई लेखिएको छ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा राखिने छ ।शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोष्टमार्टमपछि टुँडिखेलमा राखिने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा पोखरा फर्किएका छन्।हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेर काठमाडौं आएका उनीहरु मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएपछि उनीहरु पोखरा फर्किएका हुन्। बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन्। उनीहरू सबै भावुक देखिएका छन्। मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ। उनीहरु २ बजेर ४५ मिनेट बुद्ध एयरबाट पोखरा गएका हुन्।

त्यसै गरी प्राप्त जानकारी अनुसार आज बेलुका नै स्व मन्त्री अधिकारीको शब पनि पोखरा ल्याउने तयारी रहेको बताएका छन।पारिवारीक स्रोतले दिएको जानकारी अनुसार आज शव बेलुका सम्म पोखरा ल्याउने र भोलीबिहान पोखराको प्रदशनि केन्द्रमा अन्तिम श्रण्दान्जली लगतै अन्त्येष्टी गरिने बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार