logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ब्रेकिङ न्युज: श्रद्धाञ्जली कार्यक्रम स्थगित ! आखिर किन यस्तो छ कारण हेर्नुस


  • राजनीति
  • बिहिबार, फाल्गुन १६ २०७५

पोखरा- बुधवार ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्किँदा हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव पहिचान नभए टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रमको समय सरेको छ । नेकपाको सचिवालयले दिएको जानकारी अनुसार भोली शुक्रवार बिहान ८ बजे टुँटिखेलमै श्रद्धाञ्जली को लगी राखिने भएको हो।

दिउँसो ३ बजे देखि श्रद्धाञ्जलीका लागि उनीहरूको शव टुँडिखेलमा राखिने भनिएको थियो। तर सबैको डिएनए परिक्षणमा समय लाग्ने भए पछि भोलीको लागी सारिएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र उनका पिएसो अर्जुनकुमार घिमिरेको शव पहिचान भैसकेको छ।

सँगै दुर्घटनामा परेका यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको शव पहिचान भएको छैन।

उनीहरूको शव अहिले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। त्यहाँ सबैको पोष्टमार्टम हुने छ। पोष्टमार्ट रिपोर्ट साँझ अबेर हुने  त्रिवि अस्पतालले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार