राजनीति
झापाको दमकमा झुण्डिएको अवस्थामा ११ वर्षीय बालकको शव फेला परेको छ।
दमक–९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा अनिल दमक–५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा रहेको फलामको रडमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीले सामान बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरीले गलामा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ।नाजुक घरायसी अवस्थाका बालकले आत्महत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।
प्रहरीले भने पोष्टमार्टम पछि नै थप भन्न सकिने बताएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।