logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दाङमा हमाल माथि तरवार प्रहार,थप उपचारको लागि नेपालगंज


  • राजनीति
  • शुक्रबार, फाल्गुन १७ २०७५

दाङ-दाङमा धारिलो हतियार प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी २४ बर्षीय गणेश हमालमाथि तरवार प्रहार भएको हो।

हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउँ लागेको छ। घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज लगिएको छ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।ट्याक्सी समितिका कर्मचारीसमेत रहेका हमालमाथि तुलसीपुर सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसीरहेको समयमा चार–पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरवार र खुकुरी प्रहार गरेको हुन्।

धारिलो हतियार प्रहार गर्ने व्यक्तिले मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार