logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जमदार घिमिरेको निवासमा प्रधानसेनापती थापा पुगे पछी


  • राजनीति
  • शनिबार, फाल्गुन १८ २०७५

पोखरा-प्रधानसेनापति पूर्णचन्द्र थापाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकाकुल परिवारलाई भेटेका छन् ।  जमदार घिमिरेको निवासमा परिवारलाई भेट्न शुक्रबार थापा पुगेका हुन् । भेटमा सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई समवेदना प्रकट गरेका थिए ।

बुधबार ताप्लेजुङको तारेभीरमा भएको एयर डाइनेस्टीको हेलिप्कोटर दुर्घटनामा हुँदा उनीसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी मृत्यु भएको थियो । घिमिरे पर्यटनमन्त्रीको अंगरक्षकको रुपमा कार्यरत थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार