logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

किन हाने सैनिक जवानले आफैंलाई गोली ?


  • राजनीति
  • आइतबार, फाल्गुन १९ २०७५

धनकुटा- आफूले बोकेको हतियारले आफै‌लाई नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले गोली हानेका छन्।

शनिबार राती उनको उपचारकाक्रममा मृत्यु भएको छ। गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली हानेका हुन्।

सैनिक प्रवक्ता सहयाक रथी यमप्रसाद ढकालले प्रारम्भीक अनुसन्धानमा जवानले आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको खुलेको बताए। घटनाको बिस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ।

डोटी स्थायी ठेगाना भएका जवान जोशीले डिउटीका लागि एम १६ राइफल बोकेका थिए। सोही राइफलले उनले आफ्नै छातीमा गोली हानेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार