logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

‘नो पार्किङ’ मै पार्किङ गरेपछि डीआईजीको गाडीलाई ट्राफिक प्रहरीको २४ घण्टे पुर्जी


  • राजनीति
  • सोमबार, फाल्गुन २० २०७५

काठमाडौं–ट्राफिक प्रहरी महाशाखाले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजीको गाडीलाई  ‘नो पार्किङ’ मै पार्किङ गरेको फेला पारेपछि  कारवाही गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले  शुक्रवार दिउँसो थापाथली स्थित नर्भिक हस्पिटल अगाडी ‘नो–पार्किङ’ लेखिएको सिग्नल मिचेर पार्किङ गरेको तस्बिर सार्वजनिक भएपछि खोजी गरेर नै बा १ झ ६४०८ नम्बरको एकतारे गाडीलाई कारवाही गरेको हो ।

उक्त गाडी प्रहरी प्रधान कार्यालयमा कार्यरत एक डिआईजीले चढ्ने गरेको बताइएको छ । यद्यपी ट्राफिक प्रहरीले डीआईजीको नाम गोप्य राखेको छ ।

‘नियम मिचेर पार्किङ गरेको भेटिएपछि बा १ झ ६४०८ नम्बरको गाडीलाई हामीले कारवाही गरेका हौं’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले भने, ‘गाडी कसले प्रयोग गर्दै आएको थियो भन्ने कुरा प्रधान हैन ।’

डा समिरमणि दीक्षितले ट्वीटरमार्फत डीआईजीको गाडीले नै नियम मिचेर पार्किङ गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

डीआईजी चढ्ने गाडीलाई कारवाही गरेपछि ट्राफिक महाशाखाले ट्वीटरमार्फत नै चालक छत्र बहादुर थापाको नाममा काटिएको २४ घण्टे पुर्जी र बैंकमा जरिवाना बुझाएको भौचर सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार